मविब क्याम्पस राजविराजको स्ववियू अध्यक्षमा रञ्जितकुमार निर्वाचित

राजविराज — सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा रञ्जितकुमार यादव दोस्रो पटक अध्यक्षमा दोहोरिएका छन्।

जसपा निकट समाजवादी विद्यार्थी युनियन र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवार रहेका यादव ६१ मतको अन्तरले अध्यक्ष निर्वाचित भएका हुन। मंगलबार सम्पन्न मतदानपछि भएको गणना अनुसार उनले ३ सय ९३ मत प्राप्त गरे।

निर्वाचन समितिका संयोजक नन्दकिशोर यादवका अनुसार उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्रबाट विनयकुमार यादवले ३ सय ३२ मत प्राप्त गरे।

सचिवमा पनि सोही प्यानलका मुकेशकुमार साह निर्वाचित भएका छन्। उनले ३ सय ९५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी अजय यादवले ३ सय २४ मत प्राप्त गरे।

यसैगरी, कोषाध्यक्षमा कञ्चनकुमारी निर्वाचित भईन। ठाकुरले ४ सय १० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी मो.अबुजर आलमले २ सय ९५ मत प्राप्त गरे।

प्रत्यक्षतर्फ सदस्य र समानुपातिकतर्फको मतगणना जारी छ। ३ हजार १२ जना मतदाता रहेको क्याम्पसमा १ हजार २७२ (४६ दशमलव ६० प्रतिशत) मत खसेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट