६७ वर्षीय वृद्धको हत्या गरेको आरोपमा २ युवा पक्राउ, गोरेटोमा भेटिएको थियो शव

विराटनगर– इलामको इलाम नगरपालिका–४ का ६७ वर्षीय देउप्रसाद चाम्लिङ राईको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

इलामकै सन्दकपुर गाउँपालिका–१, छरछरेका ३२ वर्षीय राम राई र २९ वर्षीय वीरेन्द्र राई (वीरेन) लाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई आईतबार गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मानबहादुर राईले बताए।

दुवैलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद लिएर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुशन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

करिब एक महिना अगाडि (३ फागुन) घरदेखि करिव ३० मिटर पश्चिम गोरेटो बाटोमा देउप्रसाद मृत अवस्थामा फेला परेका थिए। घटनापछि अनुसन्धानका क्रममा उनलाई कर्तव्य गरी मारेको तथ्य खुलेको डीएसपी राईको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट