मोरङमा आगलागीमा परी २ बालबलिकाको मृत्यु, ८ घर जले, आगो नियन्त्रणमा आएन

विराटनगर– मोरङमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ। धनपालथान गाउँपालिका– ६ कदमा गाउँमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको हो।
स्थानीय अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुन र एक बालकको मृत्यु भएको हो। मृतक बालकको परिचय खुलेको छैन। आगोले हालसम्म ८ घर जलिसकेको छ। आगो नियन्त्रणमा आईसकेको छैन। अत्याधिक हावा चलेका कारण आगो निभाउन समस्या भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
अहिले प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रण प्रयास भइरहेको छ। आगलागीको कारण खुलेको छैन। आगलागी विद्युत् सर्ट भइ भएको भन्ने सूचना आएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया