२५ करोड बराबरको अमेरिकी डलर र युरो लोड गरेको ट्रकसहित एक जना पक्राउ

काठमाडौँ– प्रहरीले करिब २५ करोड बराबरको विदेशी मुद्रा लोड गरेको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट पैसा लोड गरिएको ना१ख १६५२ नम्वरको ट्रक र चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१, का ४३ वर्षीय कुसाङ लामालाई पक्राउ गरेको हो।

ट्रकमा युरो र अमेरिकी डलर बरामद भएको स्रोतले जनाएको छ। नेपालीमा कन्भर्ट गर्दा उक्त रकम नेपाली २५ करोड बरावर रहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट