बारीमा उम्रिएको च्याउ खाँदा एक जनाको मृत्यु

काठमाडौँ– तनहुँमा बारीमा उम्रिएको च्याउ खाँदा एक जनाको मृत्यु भएको छ।
व्यास नगरपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गत शुक्रबार राति च्याउ खाँदा १० जना विरामी परेका थिए।
बिरामीहरुको पोखरामा उपचार भईरहेका बेला नारायणको सोमबार मृत्यु भएको डीएसपी अशोक थापाले जानकारी दिए।
बिरामी ९ जनाको अवस्था खतरामुक्त छ। उनीहरुले बारीमा उम्रिएको च्याउ खाएको खुलेको छ।
प्रतिक्रिया