८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय निमबहादुर पक्राउ

बाँकेमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बैजनाथ गाउँपालिका–८ पिपिरीका २५ वर्षीय निमबहादुर विकलाई प्रहरीले बालिका बलात्कारको आरोपमा आइतबार पक्राउ गरेको हो।
विकले ती बालिकालाई शनिबार साँझ बलात्कार गरेको जनाईएको छ। उनीविरुद्ध उजुरी परेपछि इलाका प्रहरी कार्यालय धनौलीको टोलीले पक्राउ गरेको हो।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया