भोजपुरमा डढेलो गाउँ पसेर बस्तीमा आगलागी, ७ घर जले

विराटनगर– भोजपुरको भोजपुर नगरपालिका–१२ पारपानीमा आगलागीमा परी ७ घर जलेका छन्। स्थानीय सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेर आगलागी भएको हो।
कालीदास चापागाईँको पाली, सोभित श्रेष्ठको घर र पाली, गोपीकृष्ण धमलाको पाली, गोविन्द चापागाईँको पाली, रुद्रप्रसाद ढकालको घर र पाली, गोमा दमाईको घर, रामबहादुर कार्कीको घर र पाली जलेको सशस्त्र प्रहरीले जनाएको छ।
बल नेपाल नम्बर ५ गुल्म हेडक्वार्टर टक्सारका अनुसार दिउँसो साढे १२ बजेदेखि आगो बस्तीमा पसेको थियो। हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिएका छन्।
आगो नियन्त्रणको प्रयास जारी छ। सोमबार बिहान साढे ९ बजेतिर टङङे डाँडाको इनामे सामुदायिक वनबाट डढेलो सुरू भएको थियो।
प्रतिक्रिया