धनुषामा प्रहरीको गोली लागेर एक जना घाईते

जनकपुर– धनुषाका सबैला नगरपालिका–९ भठिहनमा प्रहरीको गोली लागेर एक जना घाईते भएका छन्। चोकको नाम राख्ने विषयमा दोहोरो झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।
झडपले ठूलो रूप लिन थालेपछि नियन्त्रण लिन गोली चलाएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए। घाईतेको पहिचान खुलेको छैन। उनलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
आइतबार पनि यही विषयमा विवाद भएको थियो। भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाएको थियो। त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ।
प्रतिक्रिया