राजनारायण साहको गोदाममा बरामद गाँजाको समाचारका विषयमा ललिता साहको खण्डन

राजविराज– सप्तरी सीडीओ भोला दाहालको नेतृत्वमा १९ फागुनमा राजविराज नगरपालिका–९ मलेठस्थित राजनारायणय साहको जग्गामा रहेको गोदाम घरमा बरामद भएको गाँजाकाका विषयमा शीर्ष खबर डटकममा प्रकाशित समाचारको ललिताकुमारी साहले खण्डन गरेकी छिन्।

समाचारमा आफना नाम र पद अनावश्यक रुपमा मुछिएको भन्दै उनले आफनो नाममा कुनै पनि सम्पत्ति नभएको जनाएकी छिन्। ‘पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिता साहको गोदाममा सीडिओको छापा, ३२क्विन्टल गाँजा बरामद’ भन्ने शीर्षक राखी सम्प्रेषित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ उनले भनेकी छिन्–‘समाचारमा उल्लेख गरे जस्तो आजको मितिसम्म मेरो नाममा कुनै प्रकारको अचल सम्पति छैन। प्रशासनकै भनाई समेत बङग्याएर समाचारमा भनेझैँ मलाई बोलाएको भनि भनिएको कुनै प्रकारको फोन नआएको र बोलाउदै नबोलाएको वा सोधि नै नगरिएको मसँग असम्बन्धित विषयमा जानु पनि भएन।’

उक्त विषयबारे आफुलाई कुनै प्रकारको जानकारी समेत नभएको साहले जनाएकी छिन्। ‘तथापि उक्त विषयमा मेरो बारेमा÷जानकारी नभएरै/नलिएरै समाचार तयार पार्दा मेरो कुनै प्रकारको प्रतिकृया नलिएर एक पक्षीय ढंगले मेरो चरित्रहत्या गर्नेगरी अनर्गल प्रचारबाजी, बिल्कुल झूठ कुरालाई लिएर मेरो नाम/पद समावेश गरी शीर्षखबर डटकमले लेखेको समाचारप्रति घोर आपत्ति प्रकट गर्दछु’ उनले अगाडि भनेकी छिन्–‘पूर्वाग्रही भई मलाई बदनाम गर्ने नियतले लेखेको यस्ता भ्रमपूर्ण/शैलीको समाचार तत्काल हटाउन/कुनै प्रकारले मेरो नाम/पद/म जोडिएको संस्थाको मानहानी गर्नेगरी लेखिएका समाचारका सम्पूर्ण झूठा विषय संशोधन गर्न तथा यो विषय तत्काल खण्डन गरिदिनुहुन उक्त अनुरोध छ।’

समाचार सामग्री एकपक्षीय र भ्रामक रहेकाको उनको आरोप छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट