बुहारीसँग नाम जोडेर प्रचण्डको चरित्र हत्या गर्ने विरुद्ध साईबर ब्युरोमा जाहेरी

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पारिवारिक विषयलाई जोडेर चरित्र हत्या गरिएको भन्दै साइबर ब्युरोमा उजुरी परेको छ।

वाइसीएल नेपालका केन्द्रीय सचिव हरि ढकालले आईतबार नेपाल प्रहरीको साईबर व्युरोमा उजुरी दिएका हुन।

फेसबुकमा मेचीमहाकाली अभियान, विकास महर्जन दीपु, सिभानी मोक्तान, कुलबहादुर थापाजस्ता फेक आइडी बनाएर दाहाल परिवारको चरित्रहत्या गर्ने प्रयास गरिएको छ। जसमा अत्यन्त आपत्तिजनक कुराहरू समेत लेखिएपछि ब्युरोमा उजुरी दिएको हो।

फेसबुकमा अध्यक्ष दाहाल, उनकी श्रीमती सीता, दिवंगत छोरा प्रकाश र बुहारी बिना मगरलाई जोडेर आपत्तिजनक पोष्टहरू गरिएका छन्। जस्मा सीता र प्रकाशको मृत्युलाई विवादित बनाउने प्रयास गरिएको छ भने पारिवारिक सम्वन्धलाई कलंकित बनाउन खोजिएको छ।

विगत २–३ दिनदेखि यस्ता पोस्टहरू सामाजिक सञ्जालमा देखिएका छन। उजुरीमा त्यस्ता व्यक्तिमाथि कानूनबमोजिम कारवाही गर्न माग गरिएको छ। व्युरोको प्रवक्ता (एसपी) दिपकराज अवस्थीले जाहेरी परेको र अनुशन्धान सुरु भएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट