धनुषामा चौकको नाम फेर्ने विषयको विवाद उत्कर्षमा, प्रहरीद्वारा लाठि चार्ज र अश्रुग्याँस प्रहार

जनकपुर– धनुषामा चौकको नाम राख्ने विषयमा विवाद हुँदा दुई समुहबीच झडप भएको छ।

सबैला नगरपालिका–९, भठिहनमा चौकको नाम झल्किे पुरानो बोर्ड हटाएर ‘यादव चौक’ लेखिएको नयाँ बोर्ड राखेपछि विवाद सुरु भएको थियो। यो विवादले गाउँलेहरु नै झडप भएको थियो।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र केही सेल अश्रुग्याँससमेत प्रहार गरेको थियो। स्थानीय केही ब्यक्तिहरुका अनुसार चौकको नाम फेर्ने कुरालाई सबैला नगरपालिकाका मेयर कारिराम यादव र शहिदनगर नगरपालिकाका मेयर दिनेशप्रसाद यादवले समर्थन गरेका छन्।

यद्यपी दुवै मेयरले आफनो धारणा सार्वजनिक गरेका छैनन्। जिल्ला प्रहरी कार्यालय धनुषाले चौकको नाम परिवर्तनको विषयलाई लिएर स्थानीयबासीबीच विवाद भएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट