आफ्नै घरमा आगो लगाएको आरोपमा पक्राउ परेका युवकको मोरङ कारागारमा मृत्यु

विराटनगर– अपराधिक उपद्रो मुद्दामा अदालतले तोकेको २५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल परेका एक थुनुवाको मृत्यु भएको छ।

मोरङ कारागारमा रहेका मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का ३८ वर्षीय जितबहादुर देवान (जेठा) को शनिबार मृत्यु भएको हो।

हातखुट्टा नचल्ने समस्या देखिएपछि देवानलाई उपचारका लागि २९ फागुनमा कोशी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको मोरङ कारागारले जनाएको छ।

आफ्नै घरमा आगो लगाएको घटनामा देवानलाई प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रो मुद्दा चलाएको थियो।

जिल्ला अदालत मोरङले धरौटी बापत २५ हजार रूपैयाँ मागेको थियो। उक्त रकम बुझाउन नसकेपछि उनी २३ मंसिरमा कारागार चलान भएका थिए। उनको मुद्दाको फैसला हुन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट