मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर– कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगामा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
राति करिव पौने ११ बजे मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स बूढीगंगा गाउँपालिका–३ मा दुर्घटना भएको हो। दुर्घटनामा एम्बुलेन्स चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको छ।
मोरङ ट्राफिकका प्रमुख (इन्स्पेक्टर) राजन लम्सालका अनुसार दुर्घट्नामा परी गम्भीर घाइते भएका चालकलाई उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पु¥याईएको थियो ।
अस्पताल पु¥याउनसाथ उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण एम्बुलेन्स आफैं अनियन्त्रित भएर ‘डीभाईडर’मा ठोक्किई दुर्घटनामा परेको प्रहरीको अनुमान छ।
प्रतिक्रिया