टिपरमा ठोक्किएर मोटरसाईकल चालकको मृत्यु,

काठमाडौँ– काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।
टिपरको ठक्करबाट कागेश्वरी मनोहरा नगरपालिका–१, सानीटारीका ३७ वर्षीय अनुज ढकालको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार शुक्रबार साँझ साढे ७ बजे बिपी चोकमा दुर्घटना भएको हो। बा ५ ख ११६८ नम्बरको टिपरले बा १२ च २६९७ नम्बरको बोलेरो गाडीलाई तानेर गोकर्णतर्फ ल्याउने क्रममा बा ४८ प ३६४० नम्बरको मोटरसाइकल टिपरसँग ठोक्किएको थियो।
दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक ढकाललाई लगत्तै उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले बताए।
टिपर चालक अशोक रोक्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बोलेरो चालक सरोज तामाङ फरार छन्।
प्रतिक्रिया