मोरङको कटहरीका युवकमाथि खुकुरी प्रहार गर्ने तामाङ पक्राउ

काठमाडौ– मोरङको कटहरी गाउँपालिका–४ का ३० वर्षीय सुवास राईमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नुवाकोटको दुई पिपल देउराली–३ घर भइ काठमाडौं बाफल बस्दै आएका २० वर्षीय सुशील तामाङलाई प्रहरीले शुक्रबार खकुरीसहित पक्राउ गरेको हो।

कालिमाटी बस्ने ३० वस्दै आएका राईमाथि २९ फागुनको साँझ करिब ६ बजे कलंकीस्थित सिता पेट्रोल पम्प अगाडिको सडकमा खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहार गर्नु अघि उनीहरुबीच आपसमा विवाद भएको खुलेको छ।

खुकुरी प्रहारबाट घाईते भएका राई ट्रमा सेन्टरमा उपचारपछि शुक्रबार साँझ डिचार्ज भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट