सिरहामा प्रहरीको हिरासतमा रहेका थुनुवा कसरी भागे ?

लहान— सिरहामा प्रहरी हिरासतमा रहेका एक जना थुनुवा फरार भएका छन्।
अभद्र व्यवहारका कसुरमा इलाका प्रहरी कार्यालय, मिर्चैयाको हिरासतमा रहेका अर्नमा गाउँपालिकाका असलम मन्सुरी बिहीबार बुलेका फरार भएका हुन्।
प्रहरीले उनलाई बिहीबार नै पक्राउ गरेको थियो। फरार भएका मन्सुरीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाले जनाएको छ।
डीएसपी पञ्चकुमार बाखुले विभिन्न नाकाहरुमा प्रहरीको सुरक्षा व्यवस्था कडा बनाएर उनको खोजी भईरहेको वताए।
प्रतिक्रिया