सप्तरीमा युवाहरुको दुई समुहबीच छुरा हानाहानः दुई जना घाईते, १ जना पक्राउ

राजविराज — सप्तरीमा बुधबार साँझ युवाहरुको समुहबीच छुरा हानाहान भएको छ। छुरा प्रहारबाट दुई युवक घाइते भएका छन्।

प्रहरीका अनुसार राजविराज नगरपालिका–७, मा यो घट्ना भएको हो। सिरहा रोडस्थित सखडा मोडबाट पश्चिमतर्फ दुई समुहका युवाहरुको विवाद भएको थियो। त्यही क्रममा छुरा हानाहान भएको प्रहरीले जनाएको छ।

छुरा प्रहारबाट डाकनेश्वरी नगरपालिका– ७ का २४ वर्षीय सुनिल यादव र महदेवा गाउँपालिका–४ का २५ वर्षीय सुभाष यादव घाइते भएका छन्। ढाड र कोखामा छुरा लागेका सुभाषको अवस्था गम्भीर छ।

घाइते दुवै जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

पुरानो रिसिवीका कारण विवाद भई घट्ना भएको देखिएको एसपी खतिवडाले बताए। थप अनुशन्धान जारी रहेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट