होलीमा जथाभावी गर्ने सोचमा त हुनुहुन्न ? सप्तरीलाई ड्रोनबाट निगरानी गर्दैछ प्रहरी

राजविराज — सप्तरी प्रहरीले होलीका दिन सदरमुकाम राजविराजलाई ड्रोनबाट निगरानी गर्ने भएको छ। एसपी ढकेन्द्र खतिवडाले मंगलबार पत्रकार सम्मेलन गरी होली लक्षित सुरक्षा योजनाको बारेमा जानकारी दिदै ड्रोनको पनि प्रयोग गरिने बताए।

एसपी खतिवडाले होलीलाई लक्षित गरी ५२३ प्रहरीलाई ११ तरिकाले परिचालन गरिने वताए। रिजर्भ टोली, गाडी मोबाइल, पिकेट ड्युटी, पैदल गस्ती, चेकिङ टोली, आकस्मिक चेकिङ, क्यूआरटी परिचालनलगायत ११ तरिकाले प्रहरीले जिल्लाको सुरक्षा गर्ने उनले वताए।

भारतीय प्रहरीसँग पनि समन्वय भईरहेको वताएका उनले सिमानाकाका प्रहरी इकाइहरुले त्यसको समन्वय गरिरहेको वताए। गैरकानुनी गतिविधि नियन्त्रण र रोकथाम गर्ने, जबरजस्ती रंग दल्ने, लोला हान्ने, मापसे गरी होहल्ला गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गरिने खतिवडाको भनाई छ।

कुनै घटना भईहाले तत्काल रिस्पोन्स गरि संकास्पद ब्यक्तिलाई नियन्त्रणमा लिने, दुर्घटना भए घाइतेलाई उद्धार गरि अस्पताल पुर्याउने लगायतका योजना रहेको सप्तरी प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट