पाकिस्तानमा ४५० यात्रु सवार रेल हाईज्याक, सैन्य कारवाही गरे सवैको हत्या गर्ने चेतावनी

काठमाडौँ– पाकिस्तानमा ४५० यात्रु सवार रेल हाईज्याक भएको छ। क्वेटाबाट पेशावर जाँदै गरेको रेल बलुच लिबरेशन आर्मी (बीएलए)ले हाईज्याक गरेको जनाईएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेलमा सवार महिला र बालबालिकालाई रिहा गरिएको छ। सैन्य कारबाहीको प्रयास भए बाँकी सवै यात्रुको हत्या गर्ने बीएलएले चेतावनी दिएको छ।

रेलवे ट्रयाक उडाइएको र जाफर एक्सप्रेस रोकिएको बीएलएले जनाएको छ। बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका द डनले भनेको छ–‘क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा पेह्रो कुन्री र गदलर बीच भारी गोलीबारी भएको रिपोर्ट आएको छ।’

केही समय अगाडि मात्र बीएलएले पाकिस्तान र चिनविरुद्ध हमलाको चेतावनी दिएको थियो। दुई दिन अगाडि मात्र अमेरिकाले पाकिस्तानमा यात्रा नगर्न भन्दै आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको थियो।

यसअघि नोभेम्बर १४ मा क्वेटा रेलवे स्टेशनमा भएको विस्फोटमा २६ जनाको मृत्यु भएको थियो। ५० भन्दा बढी व्यक्ति घाइते भए । त्यतिबेला पनि आतङ्कवादी समूह बलुच लिबरेशन आर्मी (बीएलए) ले आक्रमणको जिम्मेवारी लिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट