मधेशका गृहमन्त्री लेखीका पीएसओको मृत्यु

जनकपुर– मधेश प्रदेश सरकारका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीका पीएसओ (सुरक्षा गार्ड) प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ।

सिरहाको सिरहा नगरपालिका–२५, सुखचैना घर भएका यादवको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो। आइतबार राति ११ बजे अचानक पेट र छाती दुखेपछि उनलाई उपचारमा लागिएको थियो।

मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार गएराति करिव १२ बजे उनको मृत्यु भएको हो। उनको मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा दरवन्दी थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट