एमालेका युवा इन्चार्जसहित ३ जनामाथि झापामा खुकुरी प्रहार, खुकुरी हान्ने सवै फरार

दमक– नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित तीन जनामाथि गएराति बिर्तामोडमा खुकुरी प्रहार भएको छ।

प्रहरीका अनुसार खगेन्द्रराजसहित विश्वदीप राजवंशी र अजय खवासमाथि खुकुरी प्रहार भएको हो। घाइतेहरूको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भईरहेको छ। आङ्देम्बेको अवस्था गम्भीर रहेकाले आईसीयूमा राखिएको छ भने अन्य दुई जनाको पनि उपचार जारी छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटना नियोजित देखिएको छ। आङ्देम्बेलाई बिर्तामोड नगरपालिका–४ का खगेन्द्र खालिङले मंगलबार राति १ बजे घरमा बोलाएका थिए। घरमा छिर्ने क्रममा ‘चेनगेट’ खोल्दाखोल्दै उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

विश्वदीपलाई भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्टबाट ओर्लिदै गर्दा मोटरसाइकलमा आएका चार जनाले खुकुरी प्रहार गरेका थिए। खवासको घट्नाक्रम प्रहरीले खलाएको छैन। हालसम्म घटनामा कति जना संलग्न छन् भन्ने यकिन नभएको र विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका इन्स्पेक्टर सन्तोष राईका अनुसार घटनामा संलग्नलाई पक्राउ गर्न सकिएको छैन। उनीहरुको खोजी भईरहेको राईले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट