प्रहरीको न्याय सम्पादनमा प्रश्न उठाउँदै वीरगञ्जमा मिटरव्याज पीडितद्वारा आत्मदाहको प्रयास

काठमाडौँ– प्रहरीले न्याय नदिएको भन्दै सोमबार अपरान्ह पर्सामा एक जना मिटर ब्याजपीडितले सीडीओ कार्यालय अगाडि नै आत्मदाहको प्रयास गरेका छन्।

दिउसो करिब साढे १२ बजे बाराको पचरौता नगरपालिका–४ घर भई पर्साको वीरगञ्ज नगरपालिका–२४, रामगढवा बस्ने करिब ६० वर्षीय बृजकिशोरप्रसाद साहले आत्मदाहको प्रयास गरेका हुन्।

पर्साका सीडीओ गणेश अर्यालका अनुसार मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै साहले हातमा मुसा मार्ने विषादी बोकेर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन। उनलाई प्रहरीले तत्कालै उद्धार गरी नारायणी अस्पताल पु¥याएको छ।

सीडीओ अर्यालका अनुसार साहले एक लाख ५० हजार रुपैयाँ ऋण लिएको र त्यस बापत ६ लाख रुपैयाँ मुल्य बराबरको जमिन पास गरिदिएको खुलेको छ। अहिले उक्त ऋण चुक्ता गरेर जमिन फिर्ता लिन खोज्दा नदिएपछि उनी प्रहरी÷प्रशासनको सरणमा थिए।

साहले आत्मदाहको प्रयास गरिरहेका बेला सीडीओ कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूको बैठक बसिरहेको थियो। यो मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साले छानबिन गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट