आधा उमेरकी बालिकालाई बलात्कार गरेको आरोपमा चक्रसिंह पक्राउ

काठमाडौँ– बैतडीमा आफुभन्दा आधा उमेरकी बालिकालाई बलात्कार गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ परेका छन्।

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिवनाथ गाउँपालिका–१ कुस्मौतघाटका चक्रसिंह साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

साउदले बालिकालाई सोही गाउँपालिका–१ स्थित जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। उनीविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको प्रहरी चौकी कुस्मौतघाटले जानकारी दिएको छ।

बैतडीमै १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेलौली नगरपालिका–१ का २५ वर्षीय मनोजसिंह नायक पनि पक्राउ परेका छन्। उनलाई पनि प्रहरीले आइतबार नै पक्राउ गरेको हो।

नायकलाई पाटन नगरपालिका–१ गडालेकबाट पक्राउ गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट