सप्तरीको तिलाठीमा आगलागी: ३ घर, सुनचाँदी र नगदसहित ४० लाखको क्षती

राजविराज– सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका–३, सकपुरामा आईतबार राति आगलागी हुँदा ३ वटा घर, ६ थान पशुचौपाया, सुन–चाँदी तथा नगद जलेर करिव ४० लाख बराबरको क्षती भएको छ।
राति करिव ९ बजे नयनि यादवको घरनजिकै बालेको परालको घुरबाट सल्किएको आगोले नयनिसहित गोकर्ण मुखिया र लखन मुखियाको घर र गोठ जलेको छ।
जसमा ६ वटा बाख्रा, ७ तोला सुन, २ केजी चाँदी र २ लाख ३५ हजार नगदसमेत जलेको प्रहरी चौकी तिलाठीले जनाएको छ। आगलागीमा कुल ३३ लाख ७० हजारको क्षती भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
प्रतिक्रिया