मोरङमा मरेको बाख्रो तान्न जाँदा करेण्ट लागेर १८ वर्षीया युवतीको मृत्यु

विराटनगर– मोरङमा करेन्ट लागेर मरेको बाख्रो तान्ने क्रममा करेण्ट लागेर आइतबार दिउँसो १ जना युवतीको मृत्यु भएको छ।

मिक्लाजुङ गाउँपालिका–१, चित्रेकी १८ वर्षीया अनामिका राईको करेण्ट लागेर मृत्यु भएको हो। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार उनी हजुरबुवा धनवीर राईसँगै बाख्रो खोज्न निस्किएकी थिईन।

खोजी गर्दै जाँदा बिजुलीको पोलमुनि मरिरहेको बाख्रोलाई हतार–हतार तान्न जाँदा उनलाई करेण्ट लागेको प्रहरीले जनाएको छ। धनवीरको बारीमाथिबाट लगिएको १२ हजार भोल्टको बिजुलीको ‘ब्यारेल’ भाँचिएर पोलबाट विद्युत ‘लिक’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘करेन्ट लागेर बाख्रो मरेको रहेछ। बाख्रो तान्न खोज्दा उनलाई पनि करेण्ट लागेर घट्नास्थलमै ज्यान गयो।’ डीएसपी जोशीले भने। अनामिकालाई करेन्ट लागेपछि उनलाई जोगाउन हजुरबुवा धनवीर पनि पुगेका थिए। तर, उनी भने जोगिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट