आगलागीमा जलेर घाईते भएका झापाका विरेन्द्रराजको उपचारका क्रममा मृत्यु

दमक— आगलागीका क्रममा जलेर घाइते भएका झापाको मेचीगर नगरपालिका–४, आमडाँगीका ५१ वर्षीय वीरेन्द्रराज राईको उपचारका क्रममा मृत्यु भएको छ।
मोरङको विराटनगर स्थित विराट नर्सिङ होममा उपचाररत राईको आईतबार मृत्यु भएको प्रहरीले जनाएको छ। उनी गत ९ फागुनको राति करिव सवा ९ बजे भएको आगलागीमा परी घाईते भएको थिए।
पूजा कोठामा विद्युत सर्ट भई आगलागी भएपछि निभाउने क्रममा राईको दुवै हात, खुट्टा र अनुहार गम्भीर रूपमा जलेको थियो। लगत्तै उनलाई बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा लगिएपछि थप उपचारका लागि विराटनगर लगिएको थियो।
प्रतिक्रिया