दुवै मिर्गौला फेल भएका ज्ञानकुमारलाई उपचार खर्च अभाव, आमाले गरिन सहयोगको याचना

राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिका–३ का ४७ वर्षीय ज्ञानकुमार विश्वकर्मा दुवै मिर्गौला फेल भएपछि यतिवेला मर्नुनबाँच्नुको अवस्थामा छन्। खर्च अभाव हुँदा उनको उपचार रोकिने अवस्थामा पुगेको छ।

ज्ञान बहादुरको हाल बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ। तर, खर्च अभाव भएकाले थप उपचारमा समस्या भएको उनकी श्रीमती मनिषाकुमारीले बताईन। बेच्नका लागि घरबाहेक केही नभएकोले कसैले सहयोग नगरे पतिलाई जिवित घर फर्काउन सक्ने अवस्था नरहेको उनको गुनासो छ।

मनिषाका अनुसार १ वर्षअघि ज्ञाकुमारलाई मिर्गौलाको समस्या देखिएको थियो। सुरुवाती दिनमा उनलाई उपचारका लागि भक्तपुर लगियो। त्यहाँ दुवै मिर्गौलाले काम गर्न छोडेको र अर्को मिर्गौला फेर्नु पर्ने बताएपछि परिवारले त्यसको वन्दोवस्त गर्न सकेन।

त्यसपछि उनलाई फर्काएर घर ल्याई थप उपचार धरानमा चलिरहेको छ। उपचारमा हालसम्म झण्डै १० लाख रुपैयाँ खर्च भईसकेको उनकी आमा सुशिलाकुमारी विकले वताईन। उनीहरुको ५ जनाको परिवार छ। ज्ञानकुमार, उनकी श्रीमती मनिषा, १० वर्षकी छोरी, बुबा वीनोदकुमार र आमा सुशिला।

ज्ञानकुमार विरामी भएपछि आयआर्जनको स्रोत समेत वन्द भएको छ। परिवारका सवै उनको उपचारमै खटिएका छन्। ‘भएको जायजेथा बेचेर उपचारमा लगाई सक्यौं, आम्दानीको स्रोत पनि छैन’ सुशिला भन्छिन्–‘अव कसरी छोरालाई बचाउने हो, कुनै उपाय दिमागमा आएको छैन।’

हुन त ज्ञानकुमारका भाई मलेसियामा छन्। तर, उनको आफनै परिवार छ। सकेको उनले पनि गरेकै छन्, तर थप उपचारमा समस्या भएपछि सुशिलाले सहयोगको याचना गरेकी छिन्। ज्ञानकुमारको ज्यान बचाउन सहयोग गर्न चाहनेले ९७०८२५८६५८ मा सम्पर्क गर्न सक्ने उनले बताईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट