अशुद्ध पानीको सेवनले हैजा फैलिँदा सुडानमा दुई हप्तामै ९२ जनाको मृत्यु

काठमाडौँ— सुडानमा हैजाबाट दुई हप्तामै कम्तीमा ९२ जनाको मृत्यु भएको छ। गैरसरकारी चिकित्सा सहायता समूह–डक्टर्स विदआउट बोडर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा यति संख्यामा मान्छेको मृत्यु भएको जनाएको हो।

फेब्रुअरी २० देखि मार्च ५ सम्म एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा जम्मा २ हजार ७१८ जना बिरामी भर्ना भएका थिए।

हैजाको लहर फेब्रुअरी १६ मा उम–दबाकिर पावर स्टेसनमा ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को प्रक्षेपणपछि ठूलो मात्रामा बिजुली आपूर्ति बन्द भएको थियो। एमएसएफका अनुसार उक्त प्रक्षेपणपछि मानिसहरु राज्य प्रणालीबाट वितरित पानीबाट बञ्चित भएको र अन्यत्र स्रोतबाट उपलब्ध पानीको प्रयोग गरेका कारण हैजा फैलिएको बताइएको छ।

गत मंगलबारसम्म सुडानी स्वास्थ्य मन्त्रालयले घोषणा गरेको जुलाई २०२४ देखि देशमा हैजाका घटनाहरूको संख्या ५७ हजार १३५ पुगेको जनाएको छ । जसमा १ हजार ५०६ जनाको मृत्यु भएको छ।

सुडानको ह्वाइट नाइल राज्यमा आरएसएफले आक्रमण गर्दै आएको छ। जसमध्ये सबैभन्दा उल्लेखनीय अल–गिटैना क्षेत्र वरपरका गाउँहरूमा गरिएको आक्रमण थियो। जसमा ४३३ नागरिकको मृत्यु भएको थियो।

संयुक्त राष्ट्र संघले उदृत गरेको संकट अनुगमन समूह, सशस्त्र द्वन्द्व स्थान र घटना डेटाकाअनुसार अप्रिल २०२३ को मध्यदेखि सुडान सशस्त्र सेना र आरएसएफबीचको विनाशकारी द्वन्द्वमा फसेको छ । जसले कम्तीमा २९ हजार ६८३ जनाको ज्यान लिएको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठनको अनुमानअनुसार द्वन्द्वले सुडानभित्र र बाहिर दुवै ठाउँमा १ करोड ५० लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट