‘गोविन्दे’ ले मार्यो ३४ वर्षीय युवक

काठमाडौँ– चितवन राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नाम गरेको जंगली हात्तीको आक्रमणबाट ३४ वर्षीय युवकको मृत्यु भएको छ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा शुक्रबार राति हात्तीले आक्रमण गर्दा खैरहनी नगरपालिका–९ का घर भई रत्ननगर–७ मा बस्दै आएका ३४ वर्षीय सुरेश महतोको मृत्यु भएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार महतोको शव शनिबार बिहान फेला परेको हो। यसअघि १७ असोजमा सोही हात्तीको आक्रमणमा परी प्रजनन केन्द्र खोरसोरका कर्मचारी जद्दु सिंह थारुको मृत्यु भएको थियो।

दुई जनाको ज्यान लिइसकेको यो हात्तीको कारण स्थानीय बासिन्दा त्रासमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट