५ करोडको हिसावले सीके राउतको पार्टीमा बबण्डर, हिसाव माग्दा कारवाहीमा परे कोषाध्यक्ष

काठमाडौँ– सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न ४ बुँदे आरोप लगाउँदै राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पदबाट निलम्बन गर्यो।
पार्टीको केन्द्रिय अनुशासन समितिकी समितिको सदस्य सचिव अनिता कुमारी मण्डलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘तपाईंले जनमत पार्टीको विधान २०७५ को धारा ३९ (क) को उपधारा १,२,३,४,५,६,८,१०, १३,१४ उल्लंघन गर्नु भएकोमा तपाईंमाथि किन कारबाही हुनु नपर्ने हो ७ दिन भित्र स्पष्टीकरण दिनु हुन अनुरोध छ। साथै कारबाही प्रक्रियाभर तपाईं राष्ट्रिय कोषाध्यक्षको पदबाट समेत निलम्बन रहने व्यहोरा सूचित गरिन्छ।’
कोषाध्यक्ष यादवलार्य अधिकांश समय विदेश बसेको, पार्टीले हिसाब माग्दा हिसाब नदिएको, हरेक पटक हिसाब हेरफेर गरेको, झुटा हिसाब देखाएको, प्रतिनिधि सभाको निर्वाचनमा सप्तरी – १ र सप्तरी–२ म केही ठुला नेता कार्यकर्ताहरूलाई भड्काएको, डा. जयकान्त राउत र राष्ट्रिय अध्यक्ष डा. सी. के. राउतलाई पराजित गर्न भूमिका खेलेको, पार्टीको विरोधमा सामाजिक सञ्जालमा लेख्ने लगरेको लगायतका आरोप लगाईएको छ।
यसैगरी, पार्टीका देश तथा विदेशमा रहेका कार्यकर्ताहरूलाई पार्टीको विरोधमा लबी गरेको, पार्टी फुटाउन विभिन्न व्यक्ति र समूहहरूसँग गुटबन्दी गरेको, पार्टीको अनुमतिबिना शेयर तथा लेवीका नाममा करौडौँ पैसा उठाएर काठमाडौँको कोटेश्वरमा घर किनी प्रवासी होटल चलाएको, जनकपुरमा घर÷स्कुल चलाएको तर त्यसको हरहिसाब वा लाभ उनीहरूलाई नबुझाको आरोप पनि कोषाध्यक्ष यादवमाथि लागेको छ।
पार्टीले यसरी कारवाही गर्दा कोषाध्यक्ष यादवले पार्टी अध्यक्ष डा. सीके राउतले व्यक्तिगत रिसिइबीका कारण आफूलाई निलम्बन गरेको दाबी गरेका छन्। स्वतन्त्र मधेस गठबन्धनदेखि आफूले पार्टीमा गरेको लगानी (नगद)को हिसाब किताब माग्दा कारबाही गरिएको उनको दावी छ।
विगत १६ वर्षदेखि संगठनमा लागेको र पार्टीलाई यहाँसम्म ल्याइ पु¥याएको दाबी गर्दै उनले अध्यक्ष राउतले लगाएका सम्पूर्ण आरोप भ्रमपूर्ण र तथ्यहीन रहेको बताएका छन्। अहिलेसम्म आफुले पार्टीमा ५ करोड भन्दा बढी रकम लगानी गरेको र त्यसको हिसाब किताब माग्दा यस्तो कारबाही गरेको दाबी उनले गरे।