भारतमा इजरायली पर्यटकसहित २ महिलाको बलात्कार, प्रतिकार गर्दा एक जनाको हत्या

काठमाडौँ– भारतको ओडिसामा एक इजरायली पर्यटकसहित दुई महिलाको सामुहिक बलात्कार भएको छ। उनीहरुमाथि ६ मार्चको राति साढे १० बजे तीन जनाले मिलेर बलात्कार गरेको जनाईएको छ। बलात्कारमा परेका महिलालाई बचाउन खोज्दा सँगै रहेका तीन जना पुरुष मध्ये एक जनाको हत्यासमेत भएको छ।

स्थानीय प्रहरीका अनुसार अमेरिकाका डेनियल, इजरायली महिला, २६ वर्षीय बिभाष, पंकज पाटिल र केरालाकी एक महिलागरी जम्मा ५ जना हम्पी नजिकैको सानापुरमा रहेको दुर्गाम्मा मन्दिर दर्शन गर्न गएका थिए।

ती मध्ये इजरायली महिला पर्यटक र केरलाकी महिलालाई तीन जना पुरुषहरूले बलात्कार गरेको जनाईएको छ। त्यसक्रममा प्रतिकार गर्न गएका बिभाष, पंकज र डेनियललाई कुटपिट गरी कर्नाटकको कोप्पल जिल्लाको तुंगभद्रा नहरमा फालिएको थियो। प्रहरीले नहरबाट बिभाषको शव बरामद गरेको छ।

पीडितले प्रहरीमा दिएको जाहेरी अनुसार मन्दिर दर्शन गर्न जाने क्रममा ३ जना अभियुक्त मोटरसाइकलमा घटनास्थलमा पुगेका थिए। उनीहरुले सुरुमा ‘पेट्रोल कहाँ पाइन्छ ?’ भनेर सोधे। त्यसपछि एक जनाले पर्यटकसँग सय रुपैयाँ मागे र पैसा दिन अस्वीकार गर्दा झगडा गर्न थाले।

त्यसपछि उनीहरुले टीममा भएका डेनियल, पंकज र बिभाषलाई नहरमा धकेलेका थिए भने केरलाकी महिला (पीडित) लाई ढुङ्गाले हानेर आक्रमण गरे। त्यसपछि २ जनाले उनलाई नहरको डिलमा लगेर बलात्कार गरेका थिए भने एक जनाले इजरायली पर्यटकलाई घिसारेर लगी बलात्कार गरेका थिए।

उजुरीकर्ता केरलाकी पीडित महिलाले आफ्नो उजुरीमा आरोपितहरूले कन्नड र तेलुगु भाषा बोल्ने गरेको बताएकी छिन्। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ। कोप्पलका एसपी राम एल अरसिद्दीले बिभाषको शव बरामद भएको जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट