आफनै छात्रामाथि यौन दुर्ब्यवहार गरेको आरोपमा सप्तरीका एक शिक्षक पक्राउ

राजविराज– आफनै छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित गोबर्धन वैरागी जनता मावीका एक जना शिक्षक पक्राउ परेका छन्।

करारमा कार्यरत (कम्प्युटर) शिक्षक धनुषाको सवैला नगरपालिकाका ३३ वर्षीय रमेशकुमार राउतलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो। राउतमाथि कक्षा १० मा अध्ययन गर्ने एक छात्रालाई गलत नियतले छोएको, जिउ सुम्सुम्याएको, अंगालो हालेको लगायतका आरोप छ।

जानकारी अनुसार अरु विद्यार्थीहरु निस्किसकेपछि ‘केही कुरा गर्नेछु’ भन्दै राउतले ति बालिकालाई रोकेका थिए। त्यसपछि प्राक्टिकल विषयमा राम्रो अंक दिने प्रलोभनमा पारेर गलत कृयाकलाप गरेको जनाईएको छ।

शिक्षकको ब्यवहारबाट अत्तालिएकी बालिका चिच्याएपछि अन्य विद्यार्थीहरु कक्षाभित्र छिरेका थिए। घट्नापछि अभिभावक र शिक्षकहरुले नै राउतलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन।

राउत विरुद्ध बालिकाका आफन्तले बुधबार यौन दुव्र्यवहारको जाहेरी दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रारम्भिक अनुशन्धानमा शिक्षकले ब्याड टच गरेको विषय खुलेको डीएसपी महेन्द्र नेपालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट