विद्यालय बन्द गरेर माओवादीको आमसभा, दबाब थेग्न नसकेर पठनपाठन वन्द गर्यौं– शिक्षक

जनकपुर– धनुषाको हंसपुर नगरपालिकामा विद्यालय बन्द गराएर नेकपा माओवादी केन्द्रले आमसभा गरेको छ।

हंसपुर नगरपालिका–६ सोनगमास्थित राष्ट्रिय प्राविमा माओवादीले आमसभा गरेको हो। अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताले सम्बोधन गरेकोको आमसभाका लागि विद्यालय बन्द गरिएको एक शिक्षकले बताए।

माओवादीको तराई–मधेस जागरण अभियान अन्तर्गत कार्यक्रम गर्न दबाब आएपछि अचानक विद्यालय बन्द गर्नुपरेको उनको भनाई छ।

माओवादीको आमसभाका कारण पढ्न आएका विद्यार्थीलाई समेत घर पठाउनु परेको ती शिक्षकको भनाई छ। पठनपाठन नै बन्द गरेर कार्यक्रम गरिएको भन्दै अभिभावकले गुनासो गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट