सतिश सिंह नेतृत्वको मधेश सरकार अतिवादतर्फ उन्मुख भएको कांग्रेस सांसदको आरोप

राजविराज– नेपाली कांग्रेसका नेता तथा मधेश प्रदेशका पूर्वमन्त्री वीरेन्द्र सिंहले मधेश प्रदेश सरकार अतिवादतर्फ उन्मुख हुदै गएको टिप्पणी गरेका छन्। प्रदेश सांसद समेत रहेका सिंहले आईतबार आफनो फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन।

मधेश सरकारको अतिवादका कारण सत्तापक्ष भित्र पनि वाध्यात्मक परिस्थिति सिर्जना हुने अवस्था आएको उनको टिप्पणी छ। उनले कस्तो खालको बाध्यात्मक टिप्पणी र कुन पार्टीप्रति संकेत गरेका हुन भन्ने खुलेको छैन।

तर, वर्तमान मुख्यमन्त्री शतिसकुमार सिंहले सत्ता सहयात्री दलबाटै संकट भोग्नु पर्ने आशंका भने उत्पन्न भएको छ। नेता सिंहले आफनो फेसबुकमा लेखेका छन्–‘मधेश प्रदेश सरकार अतिवादतर्फ उन्मुख हुदै। सत्तापक्ष भित्र पनि वाध्यात्मक परिस्थिति सिर्जना हुने अवस्था।’

सीके राउत नेतृत्वको जनमत पार्टीका नेता सिंह ६ दलका ५५ सांसदको समर्थनसहितको जेठको दोश्रो साता मुख्यमन्त्रीमा नियुक्त भएका हुन। उनलाई जनमत, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी फोरम र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ।

मुख्यमन्त्री सिंह पछिल्लो समय आफनो सम्पूर्ण शक्ति लगाएर निजी अस्पतालको अनुगमन गरिरहेका छन्। उनको यो गतिविधिको केही छिटपुट वाहेक अधिकांश सर्वसाधारणले समर्थन गरेका छन्। तर, सरकारको ध्यान अस्पताल र खोलाखोल्सामा माात्र केन्द्रित हुँदा अन्य विकास निर्माणका काम प्रभावित भएको भन्दै आलोचना पनि भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट