पतिको हत्या गर्न खोज्दा प्रेमी पनि मारिए, दुवैको हत्या आरोपमा रुपाली पक्राउ

काठमाडौँ– विवाहेत्तर सम्वन्धका कारण सन्सारमा अनेक खालका घट्ना हुने गरेका छन्। भारतमा यस्तो अनौठो घट्ना सार्वजनिक भएको छ। जसमा प्रेमीकाले प्रेमीसँग मिलेर पतिको हत्या गर्न खोज्दा पति र प्रेमी दुवैको मृत्यु भएको छ।
घट्ना भारतको महाराष्ट्रस्थित सोलापुरमा भएको हो। त्यहाँ महिलाले पतिबाट छुट्कारा पाउन प्रेमीसँग मिलेर हत्याको योजना बनाएकी थिईन। तर, योजनामा भएको सामान्य कमजोरीका कारण पति र प्रेमी दुवैको मृत्यु भएको छ।
स्थानीय मिडियाका अनुसार यो घटना १८ फेब्रुअरीमा बार्शी तालुकको महागाउँमा भएको हो। त्यहाँ तालमा डुबेर दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरूमा गणेश अनिल सपत र शंकर उत्तम पताडे हुन्।
प्रहरीले यस विषयमा अनुसन्धान गर्दा गणेश सपतको शंकर पटाडेकी श्रीमतीसँग विवाहेत्तर सम्बन्ध रहेको खुलासा खुल्यो। जानकारी अनुसार १८ फेब्रुअरीको राति गणेश सपतले शंकर पटाडेलाई रक्सी खाने बहानामा बोलाएका थिए।
दुवै जना सँगै महागाउँ तालमा पुगे, जहाँ रक्सीको नशामा डुबेर तालको पुलमा नाच्न थाले। त्यसैबीच गणेश सपतले शंकर पटाडेलाई तालमा धकेले। तर सन्तुलन गुमाएका कारण उनी आफू पनि तालमा खसे।
ताल गहिरो र मादक पदार्थका कारण शरीर सुस्त भएका कारण दुवै जना तालबाट बाहिर निस्कन सकेनन्। र उनीहरूको घटनास्थलमै मृत्यु भयो। यो कुरा प्रहरीले थाहा पाएपछि रुपाली पटाडेलाई सोधपुछ गर्यो। त्यसक्रममा एक जनाको हत्याको योजना बनेको तर दुई जनाको ज्यान गएको खुलासा भयो।
प्रहरीले रुपालीलाई पक्राउ गरेर थप अनुशन्धान र कानुनी प्रकृया अघि वढाएको छ।