सुडानमा सैनिक जहाज दुर्घटना हुँदा ४६ जनाको मृत्यु

काठमाडौँ– सुडानमा सैनिक जहाज मानव वस्तिमा दुर्घटना हुँदा कम्तिमा ४६ जनाको मृत्यु भएको छ।
स्थानीय मिडियाका अनुसार दुर्घटनामा सैनिक अधिकारीसहित स्थानीय नागरिकहरूको पनि मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। सैनिक अधिकारीहरूले प्राविधिक कारणले विमान दुर्घटना भएको जानकारी दिएका छन।
दुर्घटनामा उच्च सैनिक अधिकारीहरूको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्। त्यक्षदर्शीहरूले विमान निकै होचो उचाइमा उडिरहेको र अचानक भुइँतर्फ खस्दै जाँदा आगो लागेको देखेको बताएका छन्।
यो दुर्घटनाले सुडानमा जारी गृहयुद्धको संकटलाई थप गहिरो बनाएको छ। सुडानी सशस्त्र बल र अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स बीच २०२३ को अप्रिलदेखि चलिरहेको द्वन्द्वका कारण अहिलेसम्म २९ हजार ६०० भन्दा बढी मानिस मारिएका छन्। १५ लाभभन्दा बढी विस्थापित भएका अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ।