६१ वर्षीय गोविन्दाको ३७ वर्षीया मराठी महिलासँग अफेयर, डिभोर्स चाहान्छिन सुनिता

काठमाडौँ– विवाहेत्तर सम्बन्धका कारण भारतीय अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको सम्बन्ध विच्छेद हुने आशंका बढेको छ।
६१ वर्षीय गोविन्दा ३० वर्षीय मराठी अभिनेत्रीसँग अफेयरमा छन्। यही कारण सुनिता विवाहको ३७ वर्षपछि सम्बन्धविच्छेद गर्न चाहन्छिन्। तथापि दुवैले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
उनीहरू अहिले छुट्टाछुट्टै घरमा बस्दै आएका छन्। सुनिताले गोविन्द आफ्नो बैठकका कारण ढिलो आउने र अरुसँग कुरा गर्न मन पराउने भएकोले त्यहीँ बस्ने कुरा पनि खुलासा गरिन्। उनले भनेकी छिन– हाम्रा दुईवटा घर छन्। म एउटा फ्ल्याटमा छोराछोरीसँग बस्छु, गोविन्दा अर्को फ्ल्याटमा बस्छन्।’
गोविन्दा र सुनिताको सम्बन्धविच्छेद भएमा यसलाई ग्रे डिभोर्स भनिन्छ। २५ देखि ४० वर्षसम्म सँगै बसेपछि हुने सम्बन्ध विच्छेदलाई ग्रे डिभोर्स भनिन्छ। यसलाई सिल्भर स्प्लिटर्स पनि भनिन्छ। अमेरिका र युरोपमा यो शब्दको प्रचलन बढे पनि अहिले भारतमा पनि यसको चर्चा बढ्दै गएको छ।
नेपाली मुलकी सुनिता र गोविन्द केही भेटघाटपछि एकअर्कासँग प्रेममा परेका थिए। एकदिन पार्टीबाट फर्कने क्रममा गोविन्दको हातले गल्तिले सुनिताको हात छोयो । तर, दुवैले आफ्नो हात हटाएनन् र यसरी दुवैले एकअर्काको प्रेममा सहमति जनाए।
केही समय प्रेम सम्बन्धमा रहेपछि गोविन्द र सुनिताले ११ डिसेम्बर १९८७ मा विवाह गरेका थिए। यद्यपी गोविन्द नीलम कोठारीसँग पनि विवाह गर्न चाहान्थे। ९० को दशकमा गोविन्द र नीलमको अफेयर निकै चर्चामा थियो।