प्रचण्डलाई दुर्गा प्रसाईँको दनकः चरेशको थालमा मार्सी चामलले पुगेन, केराको पातमा ढिडोले के पुग्ला ?

राजविराज– झापामा पुगेर केराको पातमा भात खाएको फोटो सार्वजनिक भएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ब्यंग्य साँधेका छन्।

राजवंशी समुदायको संस्कृतिअनुसार दाहालसहितका पार्टी पदाधिकारीहरुले शहीद सुनिल राजवंशीको घरमा केराको पातमा विभिन्न परिकार खाएको फोटो र समाचार बाहिरिएपछि प्रसाईंले ब्यंग्य गरेका हुन।

माओवादीले आजदेखि शुरु गरेको पूर्वपश्चिम जागरण अभियानको थालनी झापाको कचनकवल गाउँपालिकास्थित हुकाहुकी चोकबाट थालिएको छ। अभियानको औपचारिक उद्घाटन अघि नेताहरुले केराको पातमा भात खाएका थिए।

उक्त फोटो तथा केही समयअघि केपी शर्मा ओली र दाहालसँग चरेशको थालमा मार्सी चामलको भात खाएको फोटो फेसवुकमा शेयर गर्दै उनले ‘चरेसको थालले पुगेन, केराको पातले के पुग्ला? मार्सीले पुगेन, ढिंडोले के पुग्ला?’ भन्दै व्यंग्य गरेका छन्।

प्रसाईँले ०७४ फागुनमा तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहाललाई भक्तपुरस्थित आफ्नै घरमा बोलाएर पार्टी एक बनाउँने छलफल चलाएका थिए। त्यहाँ ओली र दाहाल ३ बुँदे सम्झौता गर्दै चरेशको थालमा मार्सी चामलको भात खुवाएका थिए।

दुवै फोटोसहित प्रसाईले फेसवुकमा राखेको स्ट्याटस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट