काठमाडौं विश्वविद्यालय अन्तर्गतकी आवासिय चिकित्सकद्वारा ‘औषधीको ओभरडोज’ लिएर आत्महत्याको प्रयास

काठमाडौँ– काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) को एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले आत्महत्याको प्रयास गरेको खुलासा भएको छ।
आवासीय चिकित्सक समेत रहेकी उनले गत ४ फागुन ‘औषधिको ओभरडोज’ लिएर आत्महत्याको प्रयास गरेकी थिइन्। उनको धुलिखेलमै उपचार भए। उनी आज डिस्चार्ज भएको स्कुल अफ मेडिकल साइन्सका डिन डा. मनोज हुमागाईंले जानकारी दिए।
मनोचिकित्सा विभागका एक जना प्राध्यापकले यातना दिएपछि उनले आत्महत्याको प्रयास गरेको चर्चा छ। तर, यकिन कारण भने खुलिसकेको छैन। डीन हुमागाईँले पनि सामाजिक सञ्जालमा त्यो विषय उठेको वताए। तर, लिखित रूपमा कुनै उजुरी नआएको उनको भनाई छ।
डिन हुमागाईंका अनुसार आत्महत्याको प्रयास गरेकी आवासीय चिकित्सकले पनि आफू ठीक रहेको र कसैलाई आरोप लगाउनु आफ्नो उद्देश्य नरहेको बताएकी छिन्। उनले केही दिन आराम गरेर फर्किने भताएकी छिन्।
विभागका प्राध्यापकहरूले भने आफूहरूबाट उनलाई कुनै प्रकारको यातना नदिएको बताएका छन् भने आवासीय चिकित्सकहरूले घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
यो घट्नामा काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्स फ्याकल्टी काउन्सिल र नेपाल मेडिकल काउन्सिलले पनि अनुसन्धान थालेको जनाईएको छ। स्थलगत अध्ययनको लागि काउन्सिलको टोली धुलिखेल पुगेको बताईएको छ।