महाकुम्भको भागदौडमा मरेको भनिएका ब्यक्ति १३औं दिनको किरियामा आफैं टुप्लुक्क पुगेपछि…

काठमाडौँ– भारतको उत्तर प्रदेश स्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा २९ जनवरीमा भएको भागदौडामा परी ३० जनाको मृत्यु भयो। उत्तर प्रदेश सरकारले नै मृत घोषणा गरेपछि उनीहरुको काजकिरिया पनि गरियो।

तर, मृत घोषित भएका एक ब्यक्ति भने काजकिरियाको तेह्रौं दिनको पुन्य तिथिमा आफैं टुप्लुक्क घर पुगेका छन्। उनी पुग्दा काजकिरिया गरिरहेका मात्र होइन सिंगो गाउँ नै आश्चर्यमा परेको छ। यसरी आफ्नै किरियास्थलमा पुग्ने ब्यक्ति हुन– प्रयागराजको जीरो रोडस्थित चहचन्द गलीका बासिन्दा खुँटी गुरु।

उनलाई भागदौडमा मृत भएको मानि काजकिरिया सुरु गरिएको थियो। तर, उनी साधुसँग गाँजाका तालमा लठ्ठिए बसेको पाईएको छ। उनी इ–रिक्सा चढेर दुई सातापछि घर पुगेका थिए। जव उनी सवारीबाट ओर्लिए, छिमेकीहरू अवाक् बने। हाँस्दै उनले सोधे,’तिमीहरू के गर्दैछौ?’ सबै जना स्तब्ध र आश्चर्यमा परे।

स्थानीयका अनुसार गुरु २८ जनवरीको साँझ माघी अमावस्याका दिन संगम स्नान गर्न गएका थिए। त्यसपछि उनी हराए। तर उनी साधुसँगको चिलिममा यति मस्त भए कि उनले कति दिन बित्यो पत्तै पाएनन्।

भागदौड भोलिपल्ट बिहान भयो र जब खुँटी गुरु कतै भेटिएनन्, छिमेकीले उनलाई मृत मानिहाले। परम्पराअनुसार अन्त्येष्टि विधि पूरा गरे र तेह्रौँ दिनको काजकिरिया आयोजना गरे। तर, उनी त्यही दिन नै टुप्लुक घर पुगेका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट