केआईआईटीमा अध्ययनरत राजविराजका ८ सहित १६ विद्यार्थी घरमा आईपुगे

राजविराज– भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) अर्थात् किट विश्वविद्यालयमा अध्ययनरत सप्तरीका ८ सहित १६ जना विद्यार्थी नेपाल प्रवेश गरेका छन्।

झापाको काँकडभिट्टा नाकाबाट उनीहरु घर फर्किएका हुन। उनीहरू आज (बुधबार) बिहानको राति १ बजेतिर उनीहरु नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सप्तरीको राजविराज नगरपालिका–२ तेत्रीगाछीकी आरती रोही, सालिमी दास, रिसक सिंह, आयुष राज, प्रजित यादव, कृष दास, राकेश साह र नवीन मण्डल फिर्ता भएका छन्।

यसैगरी, सुनसरीको इनरुवा नगरपालिका –१ का ओमप्रसाद पोद्धार, विराटनगर–१२ का आदित्य मिश्र, कास्कीको पोखराका सुलभ पौडेल, आयुष अधिकारी, काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वरका समिम पौडेल, ललितपुरको महालक्ष्मी–४ हात्तीबनका आकाश शाह, काठमाडौं–१३ ताहाचलका पीयूष शाह र काठमाडौं गोकर्णेश्वर– ७ का विकेश श्रेष्ठ फर्किएका हुन्।

विराटनगरको रानी नाकाबाट पनि ३ जना विद्यार्थी फर्किएको प्रहरीले बताएको छ। विराटनगर नाकाबाट हिजो पनि ३ जना स्वदेश फर्किएका थिए। केआईआइटीको होस्टेलमा बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थितिका कारण कलेजले उनीहरुलाई निस्कासन गरेको थियो।

प्रकृति लम्साल मृत भेटिएपछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी विरोधमा उत्रिँदा कलेज व्यवस्थापनले उनीहरूलाई कुटपिट गर्दै जवर्जस्ती छात्रावासबाट निकालेको थियो। उक्त घट्नामा भारतीय प्रहरीले हालसम्म ६ जनालाई पक्राउ गरेको छ। प्रकृतिसँग प्रेम सम्बन्ध रहेको भनिएका त्यही विश्वविद्यालयका भारतीय विद्यार्थी २१ वर्षीय आद्विक श्रीवास्तव पनि पक्राउ परेका छन।

भारतीय सञ्चारमाध्यमका अनुसार कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरालाई प्रहरीले पक्राउ गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट