प्रकृति लम्साल मृत्यु प्रकरणमा हालसम्म ६ जना पक्राउ, शव आज घर ल्याईँदै

भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) अर्थात् किट विश्वविद्यालय ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल शंकास्पद अवस्थामा मृत भेटिएको घटना अनुसन्धानका लागि त्यहाँको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रकृतिसँग प्रेम सम्बन्ध रहेको भनिएका त्यही विश्वविद्यालयका भारतीय विद्यार्थी २१ वर्षीय आद्विक श्रीवास्तवसहित ६ जना पक्राउ परेका हुन।

भारतीय सञ्चारमाध्यमका अनुसार कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरालाई प्रहरीले पक्राउ गरेको हो।

प्रकृति लम्साल मृत भेटिएपछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी विरोधमा उत्रिँदा कलेज व्यवस्थापनले उनीहरूलाई कुटपिट गर्दै जगर्जस्ती छात्रावासबाट निकालेको थियो। यसअघि केआईआईटीले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको थियो।

घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीका लागि नेपाल सरकारले पहल गरिरहेको जनाएको छ भने भारतीय पक्षले पनि यसका लागि प्रतिबद्ध भएको जनाएको छ। प्रकृतिको मृत्युबारे ओडिसाको विधानसभामा समेत प्रश्न उठेको थियो। ओडिसा सरकारले नै यो घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ।

प्रकृतिशव आज घर ल्याउने तयारी गरिएको छ। शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन्।

प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका छन्। उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए। गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट