भुमिगत संगठनको झल्को दिनेगरी जनमतका नेताको हतियार प्रदर्शन, प्रहरीले सोधपुछ गरेर छोड्यो

जनकपुर– डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेताले भुमिगत संगठनको झल्को दिनेगरी हतियार प्रदर्शन गरेका छन्। हतियार प्रदर्शनमा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला इञ्चार्ज शेष जमसेद देखा परेका छन्।

गौर नगरपालिकाको सबगढास्थित जमसेदको घरमा शनिबार भेटघाट गर्न पुगेका अब्दुल खानले दुई जना व्यक्तिलाई बन्दुक भिर्न लगाएर फोटोसुट गरेका छन्। उनीहरु यताउता डुल्दा पनि दुवै जनालाई हतियार बोकाएर दायाँबायाँ साथै हिँडाएका थिए।

यसरी खुलेआम हतियार प्रदर्शन गरेको फोटो र भिडियो शेख जमसेदले फेसबुकमा राखेका थिए। आलोचना हुन थालेपछि उनले फोटो र भिडियो फेसबुकबाट हटाएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले यस विषयमा शेष जमसेदलाई सोधपुछ गरेर छोडेको छ।

डिएसपी दिपक कुमार रायले हतियार लाइसेन्स प्राप्त भएकाले छोडिएको जानकारी दिए। शेख जमसेदले शुक्रबार घरमा बन्दुक सफा गर्ने बेलामा फोटो खिचिएको र सामाजिक सञ्जालमा राख्नु गलत भएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट