साथीको घरको छतमा घाम ताप्न गएका ब्यक्तिको रेलिङबाट खसेर मृत्यु

काठमाडौँ– चन्द्रागिरिस्थित साथीको घरको छतमा घाम तापेर तल झर्ने क्रममा रेलिङबाट लडेर दोलखाका एक ब्यक्तिको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका–५, हाइभिजनस्थित वीरबहादुर घलेको घरको रेलिङबाट लडेर दोलखाको सैलुङ गाउँपालिका–३ का ५२ वर्षीय होमबहादुर श्रेष्ठको मृत्यु भएको हो। श्रेष्ठ वीरबहादुरका छोरा जितेन्द्रका साथी हुन्।

प्रहरीका अनुसार श्रेष्ठ आज बिहान जितेन्द्रको घरको दुई तलामाथि छतमा बसेर घाम तापिरहेका थिए। त्यहाँबाट झर्ने बेला रेलिङमा खुट्टा अड्किएर भुईंमा खसेर गम्भीर घाइते भए। उनलाई तत्कालै उपचारका लागि सतुंगलस्थित एपीएफ अस्पताल पुर्‍याइएको थियो।

तर, विहान करिव पौने १० बजे अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट