एक्स्काभेटरले खसालेको ढुङ्गाले लागेर विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाको मृत्यु

काठमाडौँ– गुल्मीको इश्मा गाउँपालिका–२ टारगाउँमा एक्स्काभेटरले खसालेको ढुङ्गाले लागेर विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी चिरञ्जिवी दाहालका अनुसार छल्दीबाट हस्तिचौर जाने कच्ची सडक खनिरहेको एक्स्काभेटरले ढुङ्गा खसाल्दा बाटोको तलपट्टिबाट स्कुल जाँदै गरेकी इश्मा–२ छल्दीटारकी बालिका विष्णु कुमालको मृत्यु भएको हो।
बालिकाले ढुंगाले लागेर घाइते भएकी थिइन्। उपचारका लागि गुल्मी अस्पताल पु¥याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। स्थानीयले एक्स्काभेटर चालकको लापरबाहीले बालिकाको मृत्यु भएको आरोप लगाएका छन्।
चालक मकवानपुरका राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। छल्दीबाट ठाढुंगा जानेबाटोमा श्रेष्ठ कन्टक्सन प्रालि तम्घासले ३ वर्ष अघिदेखि निर्माणको काम गर्दै आइरहेको छ।