झापामा प्रहरी कार्यालयभित्रै मृत भेटिए सई धनराज, मृत्युको कारण खुलेन

दमक– झापाको भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालयभित्रै प्रहरी नायव निरीक्षक (सइ) धनराज खतिवडा मृत अवस्थामा भेटिएका छन्।

भोजपुर टेम्केमैयुङ गाउँपालिका ४ घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका ७ बस्ने ४९ वर्षीय खतिवडालाई विहान मृत अवस्थामा फेला पारिएको हो।

प्रहरी कार्यालयको तीन तल्ले ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीटंकीमा जाने फलामको भ¥याङमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो।

उनको मृत्युको कारण भने खुलेको छैन। मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट