ट्रकले अटोलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाईते, चालकको अवस्था गम्भिर

काठमाडौँ– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा शुक्रबार राति ट्रकले अटोलाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरासहित दुई जना घाइते भएका छन्।

शुक्रबार राति करिब ८ बजे ना४ख २४९६ नम्बरको ट्रकले ना१ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिँदा मकवानपुरको मनहरी गाउँपालिका–६ खयरघारीकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको हो।

मकवानपुर प्रहरीका अनुसार हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको अटोलाई ठक्कर दिँदा पूजा, उनका छोरा ११ वर्षीय अमृत घिसिङ र अटो चालक हेटौंडा उपमहानगरपालिका–१९ बासघारी बस्ने २५ वर्षीय राजु थिङ घाईते भएका थिए।

उनीहरुलाई उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा राति सवा ९ बजे पूजालाई चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए।

अनुहारमा चोट लागेका अमृत र टाउकोमा चोट लागेका चालक राजुको चुरेहिल अस्पतालमै उपचार भईरहेको छ। उनीहरु मध्ये अमृतको स्वास्थ्य अवस्था मध्यम र राजुको अवस्था गम्भीर रहेको डिएसपी अर्यालले बताए।

ट्रक चालक चितवनको राप्ती नगरपालिका–२ पिप्लेका ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट