श्रीमतीको हत्या आरोपमा सप्तरीको शम्भुनाथका सन्तोष पक्राउ

राजविराज– श्रीमतीको हत्या गरी फरार रहेका सप्तरीको शम्भुनाथ नगरपालिका–२ का सन्तोष साहलाई प्रहरीले पक्राउ गरेको छ। विहिबार पक्राउ परेका साहमाथि श्रीमती गायत्रीकुमारी साहको हत्या गरेको आरोप छ।

प्रहरीका अनुसार २६ जेठ ०७६ मा सन्तोष र गायत्रीको विवाह भएको थियो। विवाहको केही समयपछि नै उनीहरुको झगडा पर्न थाल्यो। यसैक्रममा ६ चैत ०७६ को राती सन्तोषले गायत्रीमाथि कुटपिट गरे।

मरणासन्न अवस्थामा पुगेपछि गायत्रीलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ–२ को ट्राफिक चौकबाट करिव ४ मिटर पुर्वतर्फ फालेर सन्तोष फरार भएका थिए। ७ चैतका विहान करिव साढे ५ बजे स्थानीयले उद्धार गरी गायत्रीलाई रुपनी गाउँपालिका स्थित एक अस्पतालमा भर्ना गराएका थिए।

उपचारकै क्रममा गायत्रीको मृत्यु भएको थियो। त्यस यता फरार रहेका सन्तोषलाई प्रहरीले १ फागुनमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर मनिष श्रेष्ठले बताए। उनी विरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको श्रेष्ठको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट