हँसियाले हानेर आमाको हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

काठमाडौँ– रूपन्देहीमा आफनै आमाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। कञ्चन गाउँपालिका–१, सुन्दर टोलका २० वर्षीय सरोज परियारलाई प्रहरीले पक्राउ गरेको हो।

सरोजमाथि हँसियाले हानेर आमा ४५ वर्षीया पार्वती परियारको हत्या गरेको आरोप छ। इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार सरोजले बुधबार राति करिब १ बजे पार्वतीको आँखा र हातमा हँसिया प्रहार गरी हत्या गरेका हुन।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रञ्जित सिंह राठौरले घटनालगत्तै सरोजलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको जानकारी दिए। उनका अनुसार घरमा मृतक पार्वती र सरोज मात्रै बस्दै आएका थिए। सरोज पार्वतीका कान्छो छोरा हुन्। जेठो छोरा रोजगारीको लागि भारतमा छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट