छोरी पढाउन भन्दै पतिलाई मिर्गौला बेच्न दबाब, मिर्गौला बेचेको १० लाख लिएर प्रेमीसँग फरार

काठमाडौँ– भारतमा एक महिला पतिको मिर्गौला बेचेर आएको पैसा लिई प्रेमीसँग फरार भएकी छिन्। यो घटना पश्चिम बंगालको हो।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार सामान्य आर्थिक अवस्थाका दम्पत्तिका १० वर्षकी छोरी छिन्। तीनै छोरीको शिक्षाका लागि भन्दै पत्निले पतिलाई मिर्गौला बेच्न लगाएर त्यही पैसा चोरेर प्रेमीसँग भागेको घटना बाहिर आएको हो।
समाचार अनुसार ती महिलाले करिव १ वर्षअघिदेखि आफ्नो पतिलाई छोरीको उच्च शिक्षा र विवाहका लागि मिर्गौला बेच्न भनेर उक्साउँदै आएकी थिईन। सुरुमा पतिले उनको कुरा अस्विकार गरेका थिए। आर्थिक अभाव वढ्दै गएपछि उनी मिर्गौला बेच्न राजी भए।
भारतमा मानव अंग बेचबिखन कानुन विपरित भएकाले उनीहरुलाई मिर्गौला किन्ने ब्यक्ति पाउन पनि निकै समय लाग्यो। अन्ततः करिब ३ महिनाअघि उनले आफ्नो मिर्गौला किन्ने व्यक्ति फेला पारे। अपरेसन गरर १० लाख भारुमा मिर्गौला बेचे। र त्यो पैसा पत्निलाई दै राख्न दिए।
पत्निलाई पैसा राख्न दिने उनको निर्णय ‘चोरलाई ढिकुटीको चावी दिए जस्तै’ भयो। उनी त्यो पैसा लिएर प्रेमीसँग भागिन्। त्यसपछि मात्र ती पुरुषले पत्नीको योजना थाहा पाए। पतिले पत्नि विरुद्ध प्रहरीकहाँ उजुरी गरेका छन्। प्रहरीले खोजतलास गर्दा उनकी पत्नी बाराकपोरमा प्रेमीसँग रहेको पत्ता लाग्यो।
ती पुरुष १० वर्षकी छोरीसहित बाराकपोर पुगे। तर, पत्नीले उनलाई ढिम्किनै दिईनन्। उनले पतिलाई ‘जे मन लाग्छ, त्यो गर्न’ गर्न धम्की दिँदै चाँडै डिभोर्स गर्ने जवाफ दिईन। समाचारमा उल्लेख भएअनुसार ती महिला र उनका प्रेमीको फेसबुकमार्फत चिनजान भएको थियो।
कुराकानी गर्दै जाँदा उनीहरू प्रेममा परे। त्यसपछि उनले पतिलाई छाडेर प्रेमीसँग भाग्ने निर्णय गरिन्। प्रेमीसँग भाग्नकै लागि उनले पतिलाई मिर्गौला बेच्न उक्साएको खुलेको छ।